०९ साउन २०८३, शनिबार

वर्षगाँठ मनाउनका लागि कुखुराको मासु अन्तरिक्षमा

असोज २७, २०७७
वर्षगाँठ मनाउनका लागि कुखुराको मासु अन्तरिक्षमा

आइसल्यान्ड नामक सुपरमार्केट चेनले आफ्नो ५०औं वर्षगाँठ मनाउनका लागि कुखुराको मासु अन्तरिक्षमा पठाएको छ । 

पहिलोपटक यसरी कुखुराको मासु अन्तरिक्षमा पुर्‍याइएको बताइएको छ । पृथ्वीभन्दा ३३ हजार ५२८ मिटरमाथि मासु पुर्‍याइएको हो । 

त्यति उचाइमा पुग्नका लागि दुई घन्टाभन्दा कम समय लागेको थियो । 

आइसल्यान्डको सर्वाधिक लोकप्रिय उत्पादनमध्ये एक कुखुराका मासु माइनस ६० डिग्री सेल्सियसमा यात्रा गर्दै अन्तरिक्ष पुगेको हो । उत्तरी वेल्सको डीसाइड नजिक कम्पनीको मुख्य कार्यालय रहेको ठाउँबाट मासु अन्तरिक्षमा पठाइएको हो । 

अन्तरिक्ष विज्ञहरूको एक समूहले वेदर बलूनमा हाइड्रोजन भरेर मासुलाई अन्तरिक्ष पठाएका थिए । 

त्यसमा भूपउग्रहले ट्य्राकिङ गर्ने सुविधा थियो भने भिडियो फूटेज खिच्नका लागि क्यामरा सपोर्ट सिस्टम पनि थियो । 

उचाइमा पुगेपछि मासु पृथ्वीतर्फ २०० माइल प्रतिघन्टाको गतिमा फर्कियो । यसलाई सुरक्षित अवतरण गराउनका लागि १९ हजार मिटरको उचाइमा प्यारासुट राखिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्