२३ असार २०८३, मंगलबार

सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो, १४ हजार परीक्षणमा २६ सय ३८ मा कोरोना संक्रमण

सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो, १४ हजार परीक्षणमा २६ सय ३८ मा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ सय ३८ रहेको जनाएको छ ।

बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ हजार ९४७ नमूना पीसीआर परीक्षंग गरिएको र तीमध्ये २६ सय ३८ मा कोरोना संक्रमण भएको जनाएका हुन् ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ ।

डा. गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २१ सय ७४ रहेको बताए ।

नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४ सय ३ थप संक्रमित फेला परेका छन् । तीमध्ये काठमाडौँ जिल्लामा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्