०६ साउन २०८३, बुधबार

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अदालतको ढोका ढक्ढक्याएका श्रेष्ठ बने मन्त्री

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अदालतको ढोका ढक्ढक्याएका श्रेष्ठ बने मन्त्री

नेकपा अध्यक्ष (तत्कालीन माओवादी केन्द्रका अध्यक्ष) पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको ढोका समेत ढक्ढक्याएका लीलानाथ श्रेष्ठ मन्त्री बनेका छन् ।

सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित श्रेष्ठले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएका हुन् । 

प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद् हेरफेर गरेको राष्ट्रपतिको कार्यालयले बुधवार विज्ञप्ति जारी गरी जनाएको छ ।

संविधान सभाको दोस्रो निर्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सिरहा क्षेत्र नम्बर ५ बाट पराजित भएपछि तत्कालीन एमाले उम्मेदवार श्रेष्ठले चुनावमा धाँधली भएको आरोपसहित अदालतमा रिट दायर गरेका थिए ।

तर संयोग, पछिल्लो प्रतिनिधि सभा चुनावमा उनै प्रचण्डको पार्टी माओवादीकै सहयोगमा श्रेष्ठले चुनाव जितेका हुन् ।

गएको चुनावमा तत्कालीन एमाले र माओवादीले चुनावी तालमेल गरेका थिए । वाम गठबन्धनबाटै श्रेष्ठ विजयी भएका हुन् । 

पढ्नुहोस्, यो पनि :
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल हेरफेर, अर्थमन्त्रीमा विष्णु पौडेल

ईश्वर पोखरेल मन्त्रालयविहीन, पार्वत गुरुङ सञ्चारमा सरुवा !
 

salt training

कमेन्ट गर्नुहोस्