२४ असार २०८३, बुधबार

बढी भाडा लिनेविरु थप कडा कारबाही गर्दै ट्राफिक प्रहरी

बढी भाडा लिनेविरु थप कडा कारबाही गर्दै ट्राफिक प्रहरी

ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । ट्राफिक महाशाखाले क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सीहरूको अनुगमन र कारबाहीमा तिब्रता दिएको छ ।
बुधबार यात्रुको चाप बढी हुने रुटमा विष चेक प्वाइन्टहरू राखी सवारी साधनको चेकजाँचमा कडाई गर्दै बढी भाडा लिने ४४ वटा बस तथा ६६ वटा ट्याक्सीलाई कारबाही गरेको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले चाडपर्व लक्षित विशेष योजनालाई मध्यनजर गरी सादा पोसाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही अभियान चलाएको जानकारी दिए ।

उनले असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५,४५१ वटा सवारी साधनलाई सम्झाई बुझाई गरि सुधार गर्ने प्रतिबद्धता पश्चात छाडेको समेत जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्