०३ साउन २०८३, आइतबार

नेपाल-चीन सीमाबारे तत्काल धारणा सार्वजनिक गर्न काँग्रेसको माग

नेपाल-चीन सीमाबारे तत्काल धारणा सार्वजनिक गर्न काँग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  हुम्लास्थित नेपाल चीन सीमाबारे तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न र कूटनीतिक संवादमार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरीलगायतको नेतृत्वले यही असोज प्रथम सातामा स्थलगत अध्ययन गरेको प्रतिवेदन सार्वजनिक नगरेकामा असन्तुष्टि व्यक्त गरे ।

यसैगरी कांग्रेसले सर्लाहीमा आज आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई घाइते बनाएको जनाउँदै घटनाको निन्दा  गरेको छ ।

सर्लाही जिल्ला रामनगर गाउँपालिका–७ निवासी दलित महेन्द्र रामको यही असोज २२ गते भएको हत्या सम्बन्धमा मृतक परिवारको जाहेरी प्रशासनले दर्ता नगरेको भनी आज कांग्रेसले सर्लाहीमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो । सो क्रममा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रु ग्यास प्रहार गरी प्रदर्शनकारीलाई घाइते बनाएको कांग्रेसले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्