२६ असार २०८३, शुक्रबार

बुद्ध जन्मभूमि लुम्बिनीमा खतरनाक वायु प्रदूषण

कात्तिक २०, २०७४
बुद्ध जन्मभूमि लुम्बिनीमा खतरनाक वायु प्रदूषण

काठमाडौं, २७ वैशाख — महात्मा बुद्धको जन्मभूमि लुम्बिनीमा खतरनाक वायु प्रदूषण व्याप्त रहेको वैज्ञानिक तथा अधिकारीहरूले चेतावनी दिएका छन् ।


नेपालभरिका पाँचवटा वायु गुणस्तर मापक स्टेसनहरूको तथ्यांक हालै संकलन गरिएको थियो । त्यसमा लुम्बिनी अत्यन्त प्रदूषित रहेको देखाएको थियो ।

पवित्र भूमिनजिक औद्योगिकीकरण बढेको अवस्थामा यो चेतावनी आएको हो ।

जनवरी महिनामा लुम्बिनीमा वायुकण (पीएम२.५) प्रति क्युबिक मिटर १७३.०३५ मापन गरिएको थियो ।
चितवनमा यो ११३.३२ थियो भने राजधानी काठमाडौंमा १०९.८२ थियो ।

विश्व स्वास्थ्य संगठनले प्रति क्युबिक मिटर २५ माइक्रोग्रामलाई सुरक्षा सीमा तोकेको छ भने नेपाल सरकारले ४० लाई राष्ट्रिय मापदण्ड बनाएको छ ।

ऐतिहासिक स्थलका वरिपरि प्रदूषणको मात्रा झनै बढेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्