
नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले कार्यभार सम्हालेका छन् ।
शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर शपथ लिएका हुन् ।
श्रेष्ठ सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
निवर्तमान महिला, बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चारको जिम्मा दिएर श्रेष्ठलाई महिला मन्त्रालयमा ल्याइएको हो ।