
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला ६९९ र पुरुष १२३६ गरी थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दियो ।
मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ४० हजार ७१ पुगेको छ भने मृतकको संख्या १५१ पुगेको छ । यसैगरी काठमाडौंमा २४ हजार १९ जना निको भएपछि सक्रिय संक्रमित १५ हजार ९०१ जना रहेका छन् ।
यसैगरी भक्तपुरमा संक्रमितको संख्या ३९०३ पुग्दा निको हुनेको संख्या २४८४ पुगेको छ । यस्तै भक्तपुरमा हालपनि १३८६ सक्रिय संक्रमित र मृतकको संख्या ३३ पुगेको छ।
यसैगरी ललितपुरमा संक्रमितको संख्या ५५६४ पुग्दा निको हुनेको संख्या २९८१ रहेको छ । यस्तै हालसम्म ललितपुरमा ४३ जनाको मृत्यु भएको छ भने हाल सक्रिय संक्रमित २५४० जना रहेको मन्त्रालयले जनाएको छ ।
