२९ जेठ २०८३, शुक्रबार

हुम्लामा सीमा अतिक्रमण भएको जानकारी पाएको भन्दै शेखरले गरे विज्ञ टोली खटाउन माग

हुम्लामा सीमा अतिक्रमण भएको जानकारी पाएको भन्दै शेखरले गरे विज्ञ टोली खटाउन माग
फाइल फोटो

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले हुम्लास्थित नेपाल- चीन सीमामा विज्ञ टोली खटाउन माग गरेका छन् ।

हुम्लामा नेपाली भूमि मिचिएको जानकारी स्थलगत अनुगमनमा गएको टोलीबाट पाएको भन्दै कोइरालाले तुरुन्त विज्ञ टोली खटाई सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

'हालै कर्णाली प्रदेशको हुम्ला जिल्लाको चीनसँगको सीमाको स्थलगत अध्ययन गरी फर्किएका पार्टीका साथीहरूबाट नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाएँ । यो गम्भीर विषय हो । यस सम्बन्धमा तुरुन्त विज्ञहरूको टोली खटाई सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु,' कोइरालाले लेखेका छन् ।

हेर्नुहोस्, ट्वीट :

salt training

कमेन्ट गर्नुहोस्