२५ असार २०८३, बिहीबार

बारम्बार खोकेपछि चीनका राष्ट्रपतिको स्वास्थ्यका विषयमा चिन्ता

असोज ३०, २०७७
बारम्बार खोकेपछि चीनका राष्ट्रपतिको स्वास्थ्यका विषयमा चिन्ता

चीनका राष्ट्रपति सी चिनफिङको स्वास्थ्यका विषयमा अनेकौं अडकल गरिन थालेका छन् । 

बुधवार शेन्जेनमा आयोजित एक कार्यक्रममा सीले बारम्बार खोकेको सुनियो । भाषणको अन्तिम १० मिनेटमा उनको खोकी निकै बढ्यो र सम्बोधन केही समयका लागि रोक्नुपर्‍यो । 

सरकारी टीभी च्यानल सीसीटीभीमा सीको भाषणको प्रत्यक्ष प्रसारण गरिँदैथियो । उनलाई खोकी लागेपछि खोकेको भागको भिजुअल काट्न थालियो । अडियोमा उनी खोकेको आवाज आइरह्यो । 

एउटा दृश्यमा सीले मुखमा हात राखेको देखियो । 

उनले गला खुलाउनका लागि पानीले गार्गल गरेको पनि सुनियो । 

त्यसपछि सीलाई कोरोना लागेको भन्ने हल्ला फैलियो । तर यसको आधिकारिक पुष्टि हुन सकेको छैन । 

खोकीकै कारण सी भ्रमण स्थगित गरेर बेइजिङ गएको भनी हङकङको एप्पल टीभीले दाबी गरेको छ । 

यसबीच चीनमा फेरि कोरोनाका केसहरू देखिन थालेको खबरहरू आइरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्