०८ साउन २०८३, शुक्रबार

फुटबलमा बंगलादेशविरुद्ध खेल्न सरकारको स्वीकृति

कात्तिक १, २०७७
फुटबलमा बंगलादेशविरुद्ध खेल्न सरकारको स्वीकृति

राष्ट्रिय खेलकुद परिषदले नेपाली राष्ट्रिय टिमलाई बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि शुक्रबार स्वीकृति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाका प्रवक्ता किरण राईले भने, ‘विश्वकप छनोटका खेलको तयारीमा बंगलादेशले नेपालसाग दुई म्याच खेल्न प्रस्ताव गरेको थियो । त्यसका लागि नेपाली टिमलाई खेलाउन परिषदले स्वीकृति दिएको हो ।’ फिफाले अन्तर्राष्ट्रिय खेलका लागि नोभेम्बर ११ देखि १९ को अवधि तोकिदिएको छ र त्यही अवधिमा मैत्रीपूर्ण खेलका लागि बंगलादेश फुटबल महासंघले एन्फासाग प्रस्ताव गरेको हो ।

‘खेलको मिति र आयोजनास्थल निश्चित भइसकेको छैन तर बंगलादेशले उतै खेल्न प्रस्ताव गरेको हो र दुवै खेल उतै हुनसक्छ,’ प्रवक्ता राईले भने । उक्त खेल सम्भव भएमा नेपाली टिमका लागि त्यो प्रतिस्पर्धा कोरोना भाइरसको महामारी फैलिएयताकै पहिलो हुनेछ । विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा नेपालले १९ नोभेम्बर २०१९ मा घरेलु खेलको रुपमा थिम्पूमा कुवेतविरुद्ध प्रतिस्पर्धा गरेको थियो । त्यसमा खाडी मुलुकले १–० को जित हात पारेको थियो । प्रवक्ताका अनुसार नेपाली टिमसाग मैत्रीपूर्ण खेलका लागि मंगोलिया र डोमिनिकन रिपब्लिकले पनि प्रस्ताव गरेका थिए । ‘तर, ती दुई देशसाग खेल्नेबारे कुनै निर्णय गरिएको छैन,’ उनले भने ।

राष्ट्रिय टिमको प्रशिक्षण दसैंपछि सुरु गर्ने एन्फाले जनाएको छ । गत महिना एन्फाले प्रशिक्षणलाई खेलाडी बोलाएपनि विश्वकप छनोटका खेल फेरि स्थगित भएपछि खेलाडीलाई घर फर्काएको थियो । कोरोना संक्रमण तीव्र भएपछि फुटबल गतिविधि ठप्प भएको हो । युरोप, दक्षिण अमेरिका, छिमेकी भारतमै पनि फुटबल पुनः सुचारु भए पनि नेपालमा ठप्प नै छ । चैत ११ मा लकडाउन घोषणा गर्नुअघि रोकिएको सहिद स्मारक बी डिभिजन लिग अझै सुचारु गर्नेबारे एन्फाले कुनै निर्णय गरेको छैन ।

‘होम एन्ड अवे’का आधारमा भइरहेको विश्वकप छनोटमा नेपालले ५ खेल खेलेको छ । त्यसमा ४ हार र १ जितको (चाइनिज ताइपेईविरुद्ध २–०) नतिजा निकालेको छ । अब नेपालले जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईविरुद्ध ‘होम ग्राउन्ड’मा खेल्न बााकी छ । नेपालका लागि विश्वकप छनोटमा तेस्रो चरण प्रवेशको सम्भावना लगभग समाप्त भइसकेको अवस्थामा यी तीन खेल महादेशीय च्याम्पियनसिपको छनोटलाई भने महत्वपूर्ण छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्