०८ साउन २०८३, शुक्रबार

अपडेटः भारतीय नागरिक बस्दै आएको फ्लाटबाट २३ किलो सुन बरामद

कात्तिक १, २०७७
अपडेटः भारतीय नागरिक बस्दै आएको फ्लाटबाट २३ किलो सुन बरामद

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले  गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो ।  सो सुनको मूल्य १७ करोडभन्दा बढी हुन आउँछ ।

भारतको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको सूचनाका आधारमा छापा मार्दा एक किलो, सय ग्रामलगायत विभिन्न तौलका २३ किलोभन्दा बढी सुन र दुई किलो २६२ ग्राम चाँदीका भाँडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् ।

 जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा पन्तले बन्द फ्ल्याटको दुई दिनसम्म निगरानी गरिए पनि कोही नआएपछि आज जनप्रतिनिधिको रोहबरमा ताल्चा फुटाई जाँच गर्दा उक्त परिमाणका  सुन र चाँदी बरामद भएको बताइन् ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्