
नेकपा उपाध्यक्ष तथा पूर्व गृहमन्त्री वामदेव गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गौतमको सवारी चालकमा समेत संक्रमण पुष्टि भएको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।
उनका अनुसार गौतम, उनको परिवार र सचिवालयका सदस्यहरूमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन। अहिले सम्पूर्ण भेटघाट बन्द गरिएको छ ।