
बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतलाई धार्मिक भावनामा चोट पुर्याएको आरोप लागेको छ ।
बाँद्रा मजिस्ट्रेट कोर्टले उनको विरुद्ध एफआइआर तयार पार्न आदेश दिएको छ ।
कलाकारहरूलाई हिन्दू तथा मुसलमानमा विभाजन गर्न तथा सामाजिक द्वेषको बढावा दिन लागि परेको रनावतलाई आरोप लागेको हो ।
केही दिनअघि मुन्ना वरालीले कंगनाको पछिल्ला ट्वीटलाई हवाला दिँदै उनीविरुछ अनुसन्धानको माग गरेकी दिइन् ।
मुन्नाले कंगनाको ट्वीट तथा समाचारमा दिएको बयानमा हिन्दू कलाकार तथा मुस्लिम कलाकार भनेर विभाजन गर्ने, सामाजिक द्वेष बढाउने आरोप लगाएकी थिइन् ।