०४ साउन २०८३, सोमबार

भारतमा एकैदिन ६१ हजार बढी संक्रमित थपिए, कति भए संक्रमणमुक्त ?

कात्तिक २, २०७७
भारतमा एकैदिन ६१ हजार बढी संक्रमित थपिए, कति भए संक्रमणमुक्त ?

छिमेकी देश भारतमा  कोरोनाभाइरस संक्रमितको संख्या ७४ लाख ९२ हजार पुगेको छ । संक्रमितका हिसावले अमेरिकापछि रहेको भारतमा हालसम्म ६५ लाख ९४ हजार संक्रमित निको भएका छन् । यस्तै १ लाख १४ हजारले ज्यान गुमाएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शनिबार भारतमा १०३१ संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अक्टुबर २ पछि पहिलो पटक भारतमा मृतकको संख्या १ हजार पार भएको हो ।
हाल उपचाररत संक्रमितको संख्या ८ लाख भन्दा कम रहेका छन् । ७ लाख ८३ हजार सक्रिय संक्रमित रहेको भारतमा शनिबार ६१ हजार ८९३ नयाँ केस थपिएको थियो । यस्तै शनिबार ७२ हजार ५८३ संक्रमित निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्