११ साउन २०८३, सोमबार

कोरोनाको उपचार सित्तैमा गराउने ट्रम्पको वाचा

कात्तिक २, २०७७
कोरोनाको उपचार सित्तैमा गराउने ट्रम्पको वाचा

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विस्कन्सनमा रहेका आफ्ना समर्थकहरूलाई सित्तैमा कोरोनाभाइरसको उपचार गराउने बताएका छन् । 

‘मैले पाएको उपचार सबैजनालाई सित्तैमा उपलब्ध गराउनेछौं । एन्टीबडीहरू गजबका कुरा हुन्, हामी यो सित्तैमा उपलब्ध गराउनेछौं,’ ट्रम्पले विस्कन्सनको चुनावी र्‍यालीमा शनिवार बताए । ‘यो चुनाव ट्रम्पको नेतृत्वमा द्रुत पुनरुत्थाज र बाइडनको नेतृत्वमा आर्थिक मन्दीबीचको छनोट हो ।’

हिजै मिशिगनको मस्केगनमा बोल्दै ट्रम्पले नोभेम्बरको चुनावमा डेमोक्रेटहरूले जिते भने कोरोनाभाइरसको परिस्थिति झनै बिग्रेर जाने बताए । 

‘डेमोक्रेटहरूले कठोर तथा अवैज्ञानिक लकडाउन लगाएर हाम्रो आर्थिक पुनरुत्थानलाई अन्त्य गर्नेछन्,’ ट्रम्पले भने । ‘बाइडनले देशै बन्द गराउनेछन्, खोप ल्याउन ढिलाइ गर्नेछन् र महामारीलाई लम्ब्याउनेछन् ।’

कोरोनाबाट निको भएपछि ट्रम्पले चुनावी अभियान पुनः चलाउन थालेका छन् । 

आफूलाई दिइएको एन्टीबडी उपचार अमेरिकाका सबै अस्पतालमा वितरण गर्ने ट्रम्पले समर्थकहरूलाई बताए । 

ट्रम्पलाई वाल्टर रीड सैन्य अस्पतालमा कोभिड–१९ को उपचार गरिएको थियो । परीक्षणात्मक एन्टीबडी ककटेल दिएर कोरोनाभाइरसको स्पाइक प्रोटीनलाई नष्ट गरी उक्त उपचार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्