२९ जेठ २०८३, शुक्रबार

नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’ आउँदै

कात्तिक २, २०७७
नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’ आउँदै

निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी “निशान लिफ” नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।

विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडीको लन्च कार्यक्रम पुर्व निर्धारित समयमा हुन सकेको थिएन। तर नेपाल सरकारले विद्युतीय सवारीको करलाई पुर्नअवलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडि २०२१ साल अप्रिलमा लन्च हुने भएको छ। 

निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडि हो र यो गाडि विद्युतीय गाडि मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ। निशान लिफ निसानको विद्युतीय गाडिहरुमा सबै भन्दा उन्नत कार हो। निशान लिफ संसारभर २,५०,००० भन्दा बढी बिक्रि भैसकेको छ।

यस कारणले पनि निशान लिफ आम सर्वसाधारणहरुको सहज पहुचमा पुग्ने पहिलो विद्युतीय सवारी बन्न पुगेको छ।

पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचरहरु र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारी को रुपमा परिचित छ।

अधिक हर्शपावार र टर्क सहित आउने निशान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन। द्धण् मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक इ(पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ। इ(पेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुदैं जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्