३२ असार २०८३, बिहीबार

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र कांग्रेस सांसद गगन थापाले पनि फिर्ता गरे दशैं भत्ता

कात्तिक २, २०७७
राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र कांग्रेस सांसद गगन थापाले पनि फिर्ता गरे दशैं भत्ता

महामारीको समयमा भत्ता लिएको भन्दै चौतर्फी आलोचना भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासहित ४ जनाले दशैं भत्ता फिर्ता गरेका छन् । 

सांसदहरूले दशैं भत्ता लिएको समाचार पहिलोपटक लोकान्तर डटकमले शुक्रवार खुलासा गरेपछि यसको व्यापक विरोध भइरहेको छ ।

संघीय संसद् सचिवालय स्रोतका अनुसार नेकपा सांसद भीम रावल र सूर्यप्रसाद पाठक तथा नेपाली कांग्रेसका सांसद गगन थापाले दशैं भत्ता फिर्ता गरेका छन् ।

सचिवालयका सूचना अधिकारी एवं सह–प्रवक्ता दशरथ धमलाले तीन जनाले भत्ता फिर्ता गरेको पुष्टि गरे । 

नेकपा सांसद जनार्दन शर्माले पनि दशैं भत्ताको विरोध गर्दै भेन्टिलेटर किन्ने काममा खर्च गर्नुपर्ने बताएका थिए । 

बाग्लुङबाट प्रतिनिधित्‍व गर्ने नेकपा सांसद सूर्यप्रसाद पाठकले पनि दशैं भत्ता सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका छन् ।

दशैं भत्ता बराबरको रकम आगामी महिनाको पारिश्रमिकबाट कट्टा गरी सरकारी कोषमा दाखिला गर्न  उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

यस्तै बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले पनि दशैंभत्ता बापत आएको एक महिना बराबरको रकम बाग्मती प्रदेश कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

नेकपाका अर्का एक सांसदले भत्ता फिर्ताको लागि छलफल भइरहेको बताए । 

‘एउटै निर्णयबाट मन्त्री र उनका पीएहरूले पनि दशैं भत्ता बुझेका छन्, जनताले सांसद मात्र होइन उनीहरूमाथि पनि दबाब सिर्जना गर्नुपर्‍यो,’ उनले भने ।

जनता भोकभोकै सडकमा भौँतारिएको समयमा सांसदले मन्त्रिपरिषद्को पुरानो निर्णयको आधारमा दशैं भत्ता बुझेको भन्दै व्यापक विरोध भइरहेको छ । 

पढ्नुहोस्, यो पनि :

दशैं भत्ताबारे लोकान्तर खोज नतिजा: भीम रावलले फिर्ता गरे, जनार्दन भन्छन्– 'भेन्टिलेटर किनौं'

salt training

कमेन्ट गर्नुहोस्