×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र कांग्रेस सांसद गगन थापाले पनि फिर्ता गरे दशैं भत्ता

कात्तिक २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

महामारीको समयमा भत्ता लिएको भन्दै चौतर्फी आलोचना भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासहित ४ जनाले दशैं भत्ता फिर्ता गरेका छन् । 

Muktinath Bank

सांसदहरूले दशैं भत्ता लिएको समाचार पहिलोपटक लोकान्तर डटकमले शुक्रवार खुलासा गरेपछि यसको व्यापक विरोध भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय संसद् सचिवालय स्रोतका अनुसार नेकपा सांसद भीम रावल र सूर्यप्रसाद पाठक तथा नेपाली कांग्रेसका सांसद गगन थापाले दशैं भत्ता फिर्ता गरेका छन् ।


Advertisment
Nabil box
Kumari

सचिवालयका सूचना अधिकारी एवं सह–प्रवक्ता दशरथ धमलाले तीन जनाले भत्ता फिर्ता गरेको पुष्टि गरे । 

Vianet communication
Laxmi Bank

नेकपा सांसद जनार्दन शर्माले पनि दशैं भत्ताको विरोध गर्दै भेन्टिलेटर किन्ने काममा खर्च गर्नुपर्ने बताएका थिए । 

बाग्लुङबाट प्रतिनिधित्‍व गर्ने नेकपा सांसद सूर्यप्रसाद पाठकले पनि दशैं भत्ता सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका छन् ।

दशैं भत्ता बराबरको रकम आगामी महिनाको पारिश्रमिकबाट कट्टा गरी सरकारी कोषमा दाखिला गर्न  उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

यस्तै बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले पनि दशैंभत्ता बापत आएको एक महिना बराबरको रकम बाग्मती प्रदेश कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

नेकपाका अर्का एक सांसदले भत्ता फिर्ताको लागि छलफल भइरहेको बताए । 

‘एउटै निर्णयबाट मन्त्री र उनका पीएहरूले पनि दशैं भत्ता बुझेका छन्, जनताले सांसद मात्र होइन उनीहरूमाथि पनि दबाब सिर्जना गर्नुपर्‍यो,’ उनले भने ।

जनता भोकभोकै सडकमा भौँतारिएको समयमा सांसदले मन्त्रिपरिषद्को पुरानो निर्णयको आधारमा दशैं भत्ता बुझेको भन्दै व्यापक विरोध भइरहेको छ । 

पढ्नुहोस्, यो पनि :

दशैं भत्ताबारे लोकान्तर खोज नतिजा: भीम रावलले फिर्ता गरे, जनार्दन भन्छन्– 'भेन्टिलेटर किनौं'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x