२३ जेठ २०८३, शनिबार

नेकपा सांसद पाठकले फिर्ता गरे दशैं भत्ता

कात्तिक २, २०७७
नेकपा सांसद पाठकले फिर्ता गरे दशैं भत्ता

प्रतिनिधि सभामा बाग्लुङ क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा सांसद सूर्यप्रसाद पाठकले दशैं भत्ता फिर्ता गरेका छन् ।

पाठकले आगामी महिनाको पारिश्रमिकबाट कट्टा गर्नेगरी दशैं भत्ता सरकारी कोषमा दाखिला गर्न संसद सचिवालयलाई पत्र लेखेका छन् ।

सांसदहरुले दशैं भत्ता बुझेको बारे लोकान्तर डटकममा समाचार प्रकाशित भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपा सांसद भीम रावल र कांग्रेसका गगन थापाले पनि दशैं भत्ता फिर्ता गरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्