
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।
आइतवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ को पीसीआर परीक्षण गरिएको र तीमध्ये ९ सय ४२ मा कोरोना संक्रमण देखिएको बताएका हुन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको छ ।
डा. गौतममा अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २ हजार ३२६ रहेको छ ।
हालसम्म नेपालमा संक्रमणमुक्त भएर ९२ हजार १ सय ६६ डिस्चार्ज भइसकेका छन् ।
डा. गौतमले काठमाडौँ उपत्यकामा १६ सय ९८ मा संक्रमण थपिएको बताए । काठमाडौँ जिल्लामा १४ सय ९६, भक्तपुरमा ९९ र ललितपुरमा १ सय ३० जनामा संक्रमण देखिएको छ ।