लुम्बिनी बन्यो उदाहरण, जनप्रतिनिधिले लिएनन् दशैं भत्ता

लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ ।

प्रदेश सरकारले प्रदेशअन्तर्गत र स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ ।


Advertisement

प्रदेश सरकार, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज प्रेस नोट जारी गरी जनप्रतिनिधि र चाडपर्व खर्चका बारेमा चर्चा हुन थालेपछि उक्त कुराको स्पष्ट पारेका हुन् ।

उनले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म कुनै प्रकारको चाडपर्व खर्च(दशैंँखर्च) नलिएको स्पष्ट पारेका छन् ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्