१९ असार २०८३, शुक्रबार

कोरोना भ्याक्सिन बनाएको रुसमा थपिँदै संक्रमित, हालसम्म कति पुगे ?

कात्तिक २, २०७७
कोरोना भ्याक्सिन बनाएको रुसमा थपिँदै संक्रमित, हालसम्म कति पुगे ?

कोरोनाविरुद्धको भ्याक्सिन बनाएको दावी गर्दै सर्वसाधारणमा लगाउन थालेको रसियामा संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । हालसम्म रुसमा संक्रमितको संख्या १४ लाख नजिक पुगेको छ।  
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आजमात्र रुसमा १५ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ भने यससँगै संक्रमितको संख्या १३ लाख ९९ हजार ३३४ पुगेको हो ।

यस्तै हालसम्म रुसमा १४ हजार बढीको मृत्यु हुँदा निको हुनेको संख्या १० लाख ७० हजारको हाराहारीमा रहेका छन् । हालपनि रुसमा ३ लाख बढी नागरिक सक्रिय संक्रमित रहेका छन् ।
रुसमा बनाएको भ्याक्सिनले विश्व स्वास्थ्य संगठनबाट अनुमति नपाएकाले यसको विश्वसनियतामाथि शंका कायमै छ ।

salt training

कमेन्ट गर्नुहोस्