२४ जेठ २०८३, आइतबार

पत्नीसँगकाे झगडामा यी व्यक्तिले समाए बुहारीको हात, मिल्यो यस्तो सजाय

कात्तिक ३, २०७७
पत्नीसँगकाे झगडामा यी व्यक्तिले समाए बुहारीको हात, मिल्यो यस्तो सजाय

 सासु ससुराको झगडामा बुहारी घुस्दा एक अनौठो घटना घटेको छ । सासु र ससुराबीचको झगडा साम्य पार्न गएकी बुहारीलाई ससुराले गलत नजरले हात समात्दा यस्तो घटना घटेको हो । 

यो घटना भारतको बिहारस्थित कटिहार जिल्लामा घटेको हो । 

सासु र ससुराबीच भइरहेको कुटपीटलाई नियन्त्रण गर्न बुहारी बीचमा परेकी थिइन् । त्यसै समय ससुराले बुहारीको हात समाते । 

गलत नियतले बुहारीको हात समातेको भन्दै उनकी पत्नीले हंगामा गरिन् । 

उनले गाउँले बोलाइन् र पतीलाई जुत्ताचप्पलको माला लगाइदिइन् । उनी यति मै रोकिइनन्, उनले कालो मोसो दलेर जुत्ताको मालासहित आरोपित पतिलाई गाउँमा घुमाइन् । उनको रिस अझ नमरेपछि उनले पतिलाई कुटपीट समेत गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

अहिले त्यस इलाकाको प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्