२८ जेठ २०८३, बिहीबार

दशैं भत्ताबारे लोकान्तर खोज नतिजा: कर्णाली प्रदेश सभाका उपसभामुखको दशैं भत्ता आश्रमलाई

कात्तिक ३, २०७७
दशैं भत्ताबारे लोकान्तर खोज नतिजा: कर्णाली प्रदेश सभाका उपसभामुखको दशैं भत्ता आश्रमलाई

कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती मगरले प्रदेश सभा सचिवालयबाट प्राप्त भएको दशैं खर्च वापतको पचास हजार विभिन्न आश्रमलाई नगद वितरण गर्ने भएकी छिन् ।

लोकान्तरमा आइतबार 'कर्णालीकालाई पनि छोएन महामारीलेः प्रदेश सभा सांसददेखि वडा सदस्य सम्मले बुझे दशैं भत्ता' भन्ने शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

सोही समाचारका आधारमा उनले सो भत्ता सचिवालयलाई फिर्ता गर्नुको साटो वीरेन्द्रनगरमा रहेको प्रशान्त वृद्धाश्रमलाई नगद दस हजार, मानव सेवा आश्रमलाई बीस हजार नगद हस्तान्तरण गर्ने लोकान्तरलाई बताइन् ।

काठमाडौंमा डायलाइसिसको उपचार गराइरहेका कालिकोटको रुप्साको अभियान नाम भएका युवालाई दश हजार र जाजरकोटका पूर्व माओवादी सम्वद्ध कार्यकर्ता प्रभात चलाउनेलाई दश हजार आजै वितरण गर्ने योजना रहेको उपसभामुख घर्तीले जानकारी दिइन् ।

उनका अनुसार प्रभातको आर्थिक अवस्था दयनीय भएको र उनी दुर्घटनामा परेर घाइतेसमेत भएकाले आर्थिक सहायता गर्न लागेको जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्