०७ साउन २०८३, बिहीबार

डा. रवीन्द्र पाण्डेका अनुसार यस्तो हुनुपर्थ्यो स्वास्थ्य मन्त्रालयको निर्णय

कात्तिक ३, २०७७
डा. रवीन्द्र पाण्डेका अनुसार यस्तो हुनुपर्थ्यो स्वास्थ्य मन्त्रालयको निर्णय

 यस्तो हुनुपर्थ्यो स्वास्थ्य मन्त्रालयको निर्णय 
१. सरकारी अस्पतालमा परिक्षण तथा उपचार पुरै निशुल्क हुनेछ ।
२. नीजि अस्पतालले सरकारले तोकेको भन्दा बढी उपचार शुल्क लिन पाउने छैन ।
३. होम आइसोलेसनमा कुनै पनि व्यक्तिको मृत्यु हुने अवस्था राज्यले दिने छैन । अपवाद स्वरूप मृत्यु भएमा सरकारले शब ब्यबस्थापन गर्नेछ ।
४. यी मेडिकल कलेजहरू, यी ठूला नीजि अस्पतालहरू र यी ठूला सरकारी अस्पतालहरुलाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा परिणत गरिएको छ ।
५. यी साना अस्पताललाई नन कोभिड अस्पतालको रुपमा परिणत गरिएको छ ।
६. नीजि अस्पतालको २० % सिट न्यून आय भएका व्यक्तिलाई निशुल्क उपचार गर्न छुट्याइएको छ ।
७. पिसिआर टेस्टको शुल्क एक हजार कायम गरिएको छ ।
८. सरकारले RT PCR, Pool Method, Direct PCR, Antigen kit, Antibody test, chest x ray, CT scan लगायत सबै मेथड अपनाएर परिक्षणको दायरा ब्यापक बनाइनेछ । संक्रमितलाई होम आइसोलेसन, संस्थागत आइसोलेसन तथा कडा लक्षण देखिएका संक्रमितलाई अस्पतालमा राखेर कोरोना संक्रमण समुदायमा सर्न दिइने छैन ।
९. निम्न आय भएका बर्गलाई मास्क, साबुन तथा ठोस राहत स्थानीय निकाय मार्फत उपलब्ध गराइनेछ । व्यवसायीलाई कर तथा लोनमा सहुलियत दिइनेछ ।
१०. हरेक बस्ती, टोल, गल्ली, चोक, तरकारी बजार, बस लगायत भीडभाड हुने ठाउँमा सबै प्रकारका सुरक्षाकर्मी परिचालन गरेर जनस्वास्थ्यका मापदण्ड अनुगमन, निगरानी तथा कार्यान्वयन गराइनेछ ।
११. अनियमितताको आरोप लागेका व्यक्तिहरुलाई छानबिन गरेर असुलउपर गरिनेछ । 
१२. ब्यापक रुपमा नागरिक परिचालन गरेर जनचेतना महाअभियान संचालन गरिनेछ ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे

कमेन्ट गर्नुहोस्