
आईपीएल सट्टेबाजी (जुवा) मा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आईपीएल खेल सञ्चालन भइरहेका बेला अनलाइनमार्फत सट्टेबाजीमा संलग्न रहेको आरोपमा विराटनगर १६ का ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मञ्जित साह र विराटनगर १५ का २८ वर्षीय अपजर अलीई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पुरुषोत्तम साहले आफ्नै घरमा मोबाइलमार्फत सट्टेबाजी गरिरहेका थिए ।
उनीहरूको साथबाट २८ हजार ५ सय रुपैयाँ नगद, ३ थान मोबाइल, ३ वटा डायरी र को १८ प ६८८९ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।