०६ असार २०८३, शनिबार

टिभीएसले खोल्यो एकै पटक १२ शोरुम, देशभर शोरुमा संख्या १३२  पुग्यो

कात्तिक ३, २०७७
टिभीएसले खोल्यो एकै पटक १२ शोरुम, देशभर शोरुमा संख्या १३२  पुग्यो

नेपालका लागि टिभीएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तारका क्रममा एकै पटक १२  वटा नयाँ शोरुमको उद्घाटन गरेको छ ।

कम्पनीले नेपालीहरुको महान चाड बडादशैंको विशेष अवसरको समयपार्दै घटस्थापनाको साइतमा यी नयाँ शोरुम संचालनमा ल्याइएको हो । 

कार्तिक १ गते घटस्थापनामा काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुमहरु थपिएका छन् । यी शोरुमहरु सहित अब देशभरमा टिभीएसका १३२  वटा शोरुम पुगेका छन् । 

नयाँ शोरुम संचालनमा आएको अवशरमा कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भन्नुभयो ‘आजबाट टिभीएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ शोरुम मार्फत नेपालको सबै स्थानमा टिभीएसको प्रोडक्ट पूगेको छ । नेपालमा हरेक वर्गलाई उपर्यूक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको साथले हामी अझै नेपाली ग्राहकहरुको जीवनको अभिन्न अंग बन्नेमा बिस्वस लागेको छ ।

अब ‘एक घर एक टिभीएस‘ मात्र होइन ‘एक व्यक्ति एक टिभीएस’ बनाउने लक्षका साथ हामीलाई अगाडि बढ्नमा यी नयाँ शोरुमहरुले अझ मद्दत पूर्याउने छ ।’

अहिले टिभीएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आउको छ भने एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्