२३ जेठ २०८३, शनिबार

लोकान्तर खोज नतिजा : प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको दशैं भत्ता कोरोना कोषमा जम्मा गरिने

कात्तिक ३, २०७७
लोकान्तर खोज नतिजा : प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको दशैं भत्ता कोरोना कोषमा जम्मा गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल सरकारका मन्त्रीहरूको दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गरिने भएको छ ।

दशैं भत्ताबापतको रकम कोरोना उपचार कोषमा जम्मा गरिने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । 


०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा सांसद र मन्त्रीहरूले दशैं भत्ता लिएका थिए । 

सांसदहरूले दशैं भत्ता लिएको समाचार लोकान्तर डट्कमले खुलासा गरेपछि नेकपा र कांग्रेसले संसदीय दलबाट संस्थागत निर्णय गरेर भत्ता फिर्ता गरेका छन् । 

सरकारले दशैं भत्ता बापतको रकम कोरोना उपचार कोषमा जम्मा गर्न आग्रह समेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्