
स्पेन,२७ बार्सिलोना– नेपाली जनप्रगतिशिल मञ्च स्पेनको दोश्रो अधिवेशन आउदो जुन २५ तारिकका दिन बार्सिलोमा हुने भएको छ ।
मञ्चले मंगलबार एक विज्ञप्ती जारी गर्दै आउदै गरेको दोश्रो अधिबेशनलाई मध्य नजर गर्दै माओवादी केन्द्र पार्टी प्रति आस्था बोक्ने सम्पुर्ण न्यायप्रेमि नेपाली जनसमुदायहरुलाई गोलबद्घ एकताको लागि आग्रह गरेको छ । अध्यक्ष्ँ गंगा भुषालले जारी गरेको विज्ञप्तीमा क्षत्रिय कमिटीहरुले यहि आउदो जुन दश भित्र आफ्नो अधिबेशन सम्पन्न गरी बार्सिलोनामा हुने दोश्रो अधिबेशनमा सहभागिता जनाउन अपिल गर्नुभएको छ ।
अध्यक्ष भुषालले विज्ञप्तीमा भनेकाछन् ’विगतमा भएका कमि कमजोरीलाई आत्मसाथ गर्दै केहि संगठनका सल्लाहाकारहरुले सामाजिक संजाल मार्फत संगठनमा नरहने भन्दै सार्वजानीक अभिब्यक्तीलाई समेत आत्म साथ गदै आफ्नो निर्णयलाई समेत पुनर्विचार गरिदिन आग्रह समेत गरिएका छन् ।