
देशभर २८२ जना सघन उपचार कक्षमा उपचाररत छन् । जसमा प्रदेश १ मा ३० , २ मा १३, वाग्मतीमा १५३, गण्डकीमा २०, लुम्बिनीमा ५१, कर्णालीमा ७ र सुदूरपश्चिममा ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी ६३ संक्रमित भेन्टिलेटरमा रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै देशभर सक्रिय संक्रमित बढिरहेका छन् । आजसम्म ४० हजार ७७८ पुगेका छन् ।