आजसम्म बाह्र जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने एक मात्र जिल्लामा शून्य छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, मकवानपुर, कास्की, दाङ, बाँके,सुर्खेत, रुपन्देही छन् ।
त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मुस्ताङ हो । पछिल्लो समय थपिएका सङक्रमितमध्ये दुईहजार ३८८ जना काठमाडौँ उपत्यकाका छन्, जसमध्ये काठमाडौँका दुईहजार ८, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै देशभर सक्रिय संक्रमित बढिरहेका छन् । आजसम्म ४० हजार ७७८ पुगेका छन् ।