१३ असार २०८३, शनिबार

खुल्यो बिस्कुटको स्वाद चाख्ने जागिर, वार्षिक ६० लाख तलब

कात्तिक ५, २०७७
खुल्यो बिस्कुटको स्वाद चाख्ने जागिर, वार्षिक ६० लाख तलब

कोरोना भाइरस संक्रमणको महामारीका बेला धेरै व्यक्तिको रोजगारी गुमेको छ । कतिपय कम्पनी र अर्थतन्त्रमा धक्का लागेको छ । तर स्कटल्यान्डको एक बिस्कुट उत्पादक कम्पनीले आकर्षक जागिर खोलेको छ, आवेदकले बिस्कुट चाख्ने काम गर्नुपर्नेछ ।

‘बर्डर बिस्किट्स’ कम्पनीले आवेदकसँग ‘मास्टर बिस्किटर’ पदमा आवेदन मागेको छ, आवेदकलाई बिस्कुटको स्वाद र बिस्कुट निर्माणबारे समझ हुनुपर्ने छ । ‘द इन्डिपेन्डेन्ट’मा प्रकाशित रिपोर्ट अनुसार आवेदकमा नेतृत्व र कुराकानी गर्ने कला समेत हुनुपर्नेछ ।

कम्पनीका प्रबन्ध निर्देशक पल पार्किसले बिस्कुटप्रति चासो र लगाव भएका व्यक्तिका लागि यो राम्रो अवसर भएको जनाएका छन् । आवेदकहरूको क्षमता प्रयोग गरेर उत्कृष्ट बिस्कुट उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका ब्रान्ड हेड सूजी करलाका अनुसार कम्पनी सर्वश्रेष्ठ स्वाद र गुणयुक्त बिस्कुट बजारमा ल्याउन प्रतिवद्ध छ, जसका लागि हामीलाई मास्टर बिस्किटरको खोजी छ ।

कम्पनीमा जागिर सुनिश्चित भएपछि वार्षिक तलब ४० हजार पाउन्ड अर्थात् ६० लाख रुपैयाँ पाइने छ । जागिरका क्रममा वार्षिक ३५ दिन बिदा समेत पाइने छ । यो पूर्णकालीन जागिर हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्