
गायक भुवन प्यासीको स्वर रहेको निकै मार्मिक गीत ‘यसपालिको दशैंतिहार’को भिडियो सार्वजनिक गरिएको छ ।
कोरोनाले गर्दा गरिबलाई दशैं तिहार मनाउन निकै गर्यो रहेको रहेको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतमा देखाउन खोजिएको छ।राम नेपालको शब्द रहेको गीतमा गायक भुवन प्यासीको संगीत रहेको छ ।
गीतलाई राजेन्द्र बजगाईले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा राम नेपाल ,भुवन प्यासी ,लक्षमण नेपाल ,प्रकृति लामिछाने ,रेबिका गिरि र अवी खनालको अभिनय रहेको छ । भिडियो गायक प्यासीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
राम नेपालको निर्देशन र सम्पादन रहेको गीतलाई सन्तोष सुनारले छायांकन गरेका छन् । भिडियोमा मुक्ति कंडेलले ड्रोने चलाएका हुन् ।
भिडियोलाई कमल चन्द्र भगतले निर्माण गरेका हुन्। गायक भुवन प्यासीले यस अघि “हे बरै’,‘माईली’ ‘हल्का हल्का’ ,ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।