०३ असार २०८३, बुधबार

उम्मेदवारले यसरी विदेश पठाइरहेका छन् दैनिक लाखौं रुपैयाँ

कात्तिक २०, २०७४
उम्मेदवारले यसरी विदेश पठाइरहेका छन्  दैनिक लाखौं रुपैयाँ

काठमाडौं, २८ बैशाख तपाईंको फेसबुक तथा ट्विटर वालमा पछिल्लो समय कति त्यस्ता पोस्ट आएका हुन सक्छन्, जसमा ‘स्पोन्सरु लेखिएको छ ।social-media
ती ‘स्पोन्सरु लेखिएका सबै पोस्ट तपाईंलाई लक्षित गरिएका हुन् । यसरी ‘स्पोन्सरुका नाममा गत एक महिनाको अवधिमा हजारौं संख्यामा फेसबुक तथा ट्विटरमा पोस्ट छाएका छन् । यी पोस्ट विशेषगरी स्थानीय तह निर्वाचनलाई लक्ष्य गरेर राखिएका हुन् । यसका लागि विभिन्न राजनीतिक दलले नेपालबाट करोडौं रुपैैयाँ बाहिर पठाइसकेका छन् । दैनिक लाखौं रुपैयाँ यसरी बाहिरिएको सरोकारवालाको भनाइ छ ।
स्थानीय तहको चुनावलाई लक्ष्य गरी अहिले राजनीतिक दलले आफ्नो फेसबुक, ट्विटर तथा इन्स्ट्राग्रामा पेज बनाएका छन् । त्यसमा राखिएका पोस्टलाई लक्षित वर्ग÷समुदायमा पुर्‍याउन दल तथा उनीहरूका प्रतिनिधिले दैनिक लाखौं रुपैयाँ खर्च गरिरहेको पाइएको छ । पछिल्लो एक महिनामा नेपालबाट फेसबुकमा पोस्ट(बुस्टकै लागि भनेर दलले करोडौं बाहिर पठाइसकेको कम्प्युटर प्रोग्रामर टुरूप संग्रौला बताउनुहुन्छ । उहाँको एकाउन्टमार्फत अहिले विभिन्न राजनीतिक दलको प्रचारका लागि दैनिक ५० डलर हाराहारीमा कारोबार भइरहेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्