
माछापुच्छ्रे बैक लि. ले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यास व्याक प्रदान गर्ने भएको छ ।
कोभिड १९ को जोखिम बढ्दै जाँदा नगद रहित कारोबारलाई जोड दिदै बैंकले दशैँमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम रु.१०० रुपैयाँसम्म क्यास व्याक दिने भएको हो ।
विजयादशमीको दिनदेखि पूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोवाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोवाइल मनि (एम३) मार्फत जुनसुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्नुहुनेछ ।
क्यासव्याक प्राप्त गर्न ग्रांहकले पैसा ट्रान्सफर गर्दा प्रोमो कोडमा दक्षिणा लेख्नुपर्नेछ । उक्त क्यासव्याक पूर्णिमा पछि ग्राहकको खातामा सिधै जम्मा हुनेछ । क्यास व्याक प्राप्त गर्न न्यूनतम रु.२०० वा सो भन्दा बढिको दक्षिणा कारोबार गर्नुपर्नेछ ।
स्मार्ट बैंक – माछापुच्छ्रे बैकले आफ्ना ग्राहकहरुलाई स्मार्ट सुविधा दिने उद्देश्यले विभिन्न समयमा विभिन्न अफरहरु संचालनमा ल्याएको छ । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा डिजिटल दक्षिणाको साथमा बैंकको २०/२० अफर संचालन गरिरहेको छ । जसअन्तर्गत बैंकले कार्ड तथा क्युआर कोडबाट गर्ने कारोबारमा ग्राहकलाई २० प्रतिशतसम्म क्यास व्याक प्रदान गरिरहेको छ ।