०१ साउन २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले यसपालि बालुवाटारबाट सार्वजनिक रूपमा टीका नलगाइदिने

कात्तिक ७, २०७७
प्रधानमन्त्री ओलीले यसपालि बालुवाटारबाट सार्वजनिक रूपमा टीका नलगाइदिने
फाइल फोटो

प्रधानमन्त्री निवासमा हुने दशैंको टीका कार्यक्रम यसपटक नहुने भएको छ ।

बडादशैंका अवसरमा शुक्रवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक कोरोनाको बढ्दो संक्रमणका कारण दशैंको सार्वजनिक टीका कार्यक्रम आयोजना नगर्न आफूले निर्देशन दिइसकेको बताएका हुन् ।

'संक्रमणको सम्भावित खतरालाई ध्यानमा राखी मैले पनि यसपालि प्रधानमन्त्री निवासमा हुने ‘बडादशैंको सार्वजनिक टीका कार्यक्रम’ नराख्न निर्देशन गरिसकेको छु,' प्रधानमन्त्री ओलीले भने ।

यसअघिका वर्षहरूमा प्रधानमन्त्रीले बालुवाटारमा आफ्ना कार्यकर्ता तथा शुभचिन्तकहरूलाई दशैंको टीका लगाइदिने गरेका थिए ।

 


salt training

कमेन्ट गर्नुहोस्