
कोरोना भाइरस सङ्क्रमणका कारण आज बनेपा नगरपालिकाका एक ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारका क्रममा उती पुरुषको मृत्यु भएको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । यो सहित काभ्रेपलाञ्चोकमा नौ पुरुष र सात महिला गरी १६ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यसैबीच प्रदेश २ मा आज कोराना भाइरसबाट थप ११७ सङ्क्रमित देखिएका छन् ।
प्रदेशअन्तर्गतका विभिन्न जनस्वास्थ्य प्रयोगशाला गरी ३०९ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नयाँ सङक्रमित फेला पर्ने जिल्लामा धनुषामा १४ जना, पर्सामा १० जना, बारा र महोत्तरीमा सात÷सात जना, रौंतहटमा १४ जना, सप्तरीमा ४१ जना, सर्लाहीमा १० जना र सिरहामा १४ जना छन् । प्रदेशमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५०२ रहेको छ भने उपचार गराइ निको भएर घर फर्कनेहरुको सङ्ख्या अहिलेसम्ममा १५ हजार ९७४ रहेको छ ।