१४ असार २०८३, आइतबार

चुनाव प्रचारमा गएको जिप दुर्घटना,उम्मेदवारसहित १२ घाइते

कात्तिक २०, २०७४
चुनाव प्रचारमा गएको जिप दुर्घटना,उम्मेदवारसहित १२ घाइते

चौतारा, २८ वैशाख - चुनाव प्रचारमा गएको राप्रपा कार्यकर्ता सवार बा १६ च ५२७१ नंको जिप सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । 

बुधबार बेलुका भएको सो दुर्घटनामा ६ जनालाई उपचारका लागि राजधानी लगिएकोमा चारजना डिस्चार्ज भएको र अन्य दुईजना त्रिविवि शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले बताउनुभयो ।

दुर्घटनामा पाँचपोखरी थाङपाल गाउँपालिका–८ निवासी दलित महिला सदस्य उम्मेदवार अम्बिका परियार र ७० वर्षीय नर्वे तामाङ पनि घाइते भएको प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्