प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलबीचको भेटलाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ती जनाएका छन् ।
उनले पार्टीलाई जानकारी नै नदिई उनले रअ प्रमुख गोयलसँग भेट गरेको भन्दै यस विषयमा पार्टीमा औपचारिक छलफल अहिलेसम्म नभएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना भएको बताएका छन् । उनले लेखेका छन्,'मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो ,देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुची बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरित समकक्षी झैं औपचारिक वार्ता गरेको नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्थ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ ।'
यस्तो छ उनको लेख
केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यसबिचमा भारतको गुप्तचर सँस्था 'र 'प्रमुख सामन्त गोएल बिमान नै...
Posted by Narayan Kaji Shrestha on Saturday, October 24, 2020