२८ जेठ २०८३, बिहीबार

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

कात्तिक ९, २०७७
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा  उपचाररत कोरोना संक्रमितको पुरुषको मृत्यु भएको छ ।

डोटीको दिपायलमा रहेको जेभि आयल स्टोरका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

सेती प्रादेशिक अस्पतालमा उनको शनिबार मृत्यु भएको हो । 

निमोनियाका बिरामी रहेका भण्डारीको आईसीयूमा राखेर उपचार हुँदै थियो । कोरोनाको रिर्पोट नेगेटिभ आएपछि उनलाई जनरल आईसीयुमा सारिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्