
काठमाडौं, २८ वैशाख – चुनावी प्रचारका लागि समाजिक सञ्जाल प्रयोग गरिरहनुभएको छ । वा प्रयोग गर्ने विषयमा सोच्नुभएको छ ? होसियार रहनुहोस् है आज राति १२ वजेपछि चुनावी प्रचारका लागि आजदेखि सामाजिक सञ्जाल हरु प्रयोग गर्न पाइँदैन ।
अर्थात सामाजिक संजालमा कुनैपनि उम्मेदवारको समर्थनमा भोट माग्न समेत पाइँदैन ।
राति १२ बजेपछि मौन अवधी सुरु हुने भएकोले यस्तो गर्न नपाइने भएको हो । निर्वाचन आचार संहिता अनुसार उम्मेदवार, दल तथा सर्वसाधारणले समेत भोट माग्नलाई सामाजिक सञ्जाल प्रयोग गर्न पाइँदैन ।
मौन अबधीमा फेसबुक, एसएमएस, भाइबर, ट्वीटर जस्ता माध्यम प्रयोग गर्न रोक लगाइएको छ । सामाजिक सञ्जालमा कसैको पक्ष वा विपक्षमा लेख्नेलाई निर्वाचन आयोगले कारबाही गर्न सक्छ । एक लाखसम्म जरिवाना हुन सक्छ भने उम्मेदावरको उम्मेदवारीनै खारेज हुन पनि सक्छ ।