०२ असार २०८३, मंगलबार

देशभर थप २ हजार ८५६ जनामा कोरोना पुष्टि, ३ हजार ३३६ संक्रमित निको

कात्तिक ९, २०७७
देशभर थप २ हजार ८५६ जनामा कोरोना पुष्टि, ३ हजार ३३६ संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोभिडको अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ६७ महिला र १ हजार ७८९ पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । १२ हजार ३११ जनाको आरटी–पीसीआर परीक्षण गरिएको थियो ।

कोरोनाले थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।

पछिल्लो पटक आइसोलेसनबाट ३ हजार ३३६ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना निको हुने व्यक्तिको संख्या १ लाख ११ हजार ६७० पुगेको छ । निको हुने दर ७०.६ प्रतिशत रहेको छ ।

देशभर संक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ । काठमाडौं उपत्यकामा १ हजार ५३५ संक्रमित थपिएका छन् । जसमध्ये महिला ६२९ र पुरुष ९०६ जना रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्