२४ जेठ २०८३, आइतबार

खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कात्तिक ९, २०७७
खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।

सरकारले लक्षित वर्ग बाहेकका व्यक्तिले कोरोनाको उपचार खर्च स्वयं व्यहोर्नुपर्ने निर्णय गरेपछि अस्पतालहरूले अग्रिम रकम बुझाउनुपर्ने नियम कार्यान्वयनमा ल्याएका थिए । यसअघि सरकारले विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरूमा लक्षण देखिए व्यक्ति बाहेकले परीक्षण तथा उपचार खर्च स्वयं व्यहोर्नुपर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) संयोजक डा. गुणराज लोहनीले आइतवार एक विज्ञप्ति जारी गर्दै खर्च व्यहोर्न नसक्ने सबैको उपचार गर्न निर्देशन दिएका छन् । 

सरकारी निर्णय अनुसार गरीब, विपन्न, अशक्त, असहाय, ज्येष्ठ नागरिक भएको बिरामीका तर्फबाट स्वयं घोषणा गरेमा निःशुल्क उपचार गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्नु हुन यो विज्ञप्ति जारी गरिएको छ,’ निर्देशनमा भनिएको छ ।

हेर्नुहोस् विज्ञप्ति – 


 

salt training

कमेन्ट गर्नुहोस्