
कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
जानकी गाउँपालिका–५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएकोे इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए ।
उनका अनुसार शनिवार राति दुवै किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।
सामूहिक बलात्कार गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको उनले बताए । घटनामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।