०२ असार २०८३, मंगलबार

काठमाडौंको माउन्टेन चिल्ड्रेनले गर्‍यो हुम्लाका महिलालाई सेनिटरी प्याड सहयोग

कात्तिक १०, २०७७
काठमाडौंको माउन्टेन चिल्ड्रेनले गर्‍यो हुम्लाका महिलालाई सेनिटरी प्याड सहयोग
प्रतिकात्मक तस्वीर

हुम्लाको उत्तर नाम्खा गाउँपालिकाका १५० महिलालाई निःशुल्क सेनिटरी प्याड सहयोग गरिएको छ ।

नाम्खा–१ मा रहेका २४० घरमध्येका १३ वर्षदेखि ४० वर्षसम्मका १५० महिलालाई निःशुल्क सहयोग गरिएको हो । 

हुम्लाका दूरजराजमा रहेका युवती तथा महिलाहरु महिनावारीको समयमा गाउँघरकै परम्पराअनुसार प्याड, कपडा कुनै पनि साधन प्रयोग नगर्ने भएका कारण उनीहरूको बानी बसाल्न काठमाडौंमा रहेको माउन्टेन चिल्ड्रेन संस्थाले निःशुल्क सहयोग गरेको वडाध्यक्ष प्रेम लामाले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत केही छात्रा र सदरमुकाम सिमकोटबाहेक अन्य ग्रामीण बस्तीमा रहेका हुम्लाका महिलाले सेनिटरी प्याडको कमै मात्र प्रयोग गर्ने गरेको पाइएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले बताए ।

२४० घरधुरी रहेको वडा नम्बर १ को धिगाँ र गाडापारी गाउँमा प्रति घरधुरीलाई सरसफाइका सामग्री सहयोग गरिएको छ । सोही संस्थाले वडा कार्यालयको समन्वयमा वडा नम्बर १ का प्रतिघरलाई १ काल्टिन र १ पानी फिल्टर सहयोग गरेको वडाध्यक्षले लामाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्