२१ जेठ २०८३, बिहीबार

एर्दोआनले अमेरिकालाई दिए धम्की– कोसित भिड्दै हो थाहा पाइराख्नू

कात्तिक १०, २०७७
एर्दोआनले अमेरिकालाई दिए धम्की– कोसित भिड्दै हो थाहा पाइराख्नू

रुसको एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका विषयमा नेटोका दुई सदस्य मुलुक अमेरिका र टर्कीबीच शाब्दिक लडाइँ चलिरहेको छ । 

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले यस विषयमा अमेरिकालाई खुलमखुला धम्की दिएका छन् । कसको सामना गर्दैछु भन्ने अमेरिकालाई थाहा नभएको उनले बताए । 

आफूहरू कमजोर राष्ट्र नभएको उनको भनाइ छ । 

रुससँग किनेको एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण बन्द नगर्ने पनि उनले बताए । 

आइतवार मलाटया शहरमा भाषण गर्दै उनले भने, ‘कसको सामना गर्दैछु भन्ने अमेरिकालाई थाहा छैन । हामीलाई ऊ एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली रुसलाई फर्काउन भन्दैछ ऊ तर हामी कमजोर राष्ट्र हैनौं । हामीहरू टर्किश हौं ।’

उनले थपे, ‘अमेरिकाले हामीमाथि कुनै प्रतिबन्ध लगाउन चाहेको भए लगाए हुन्छ । ढिलो नगरे हुन्छ । हामीले अमेरिकाको एफ–५ लडाकू विमानका लागि पैसा दिएका छौं तर अहिलेसम्म उसले उपलब्ध गराएको छैन ।’

शनिवार टर्कीका रक्षामन्त्री हुलुसी अकारले टर्कीश सेना एस–४०० एयर डिफेन्स सिस्टमको परीक्षण गरिरहेको र तैनाथीको तयारी पनि गरिरहेको बताएका थिए । रुससँग क्षेप्यास्त्र प्रतिरक्षा किनेर आफूहरू नेटोबाट अलग नभएको उनले बताए । 

यस हतियारको खरिदका कारण अमेरिका र टर्कीबीच विवाद चर्किरहेको छ । रुससँग हतियार किनेकोमा अमेरिकाले टर्कीको कठोर आलोचना गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्