
काठमाडौं, २८ वैशाख — चीनको पश्चिमी भागमा रहेको सिनजियाङमा बिहीवार गएको भूकम्पमा परी आठजनाको मृत्यु भएको र अन्य ११ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

स्थानीय समयअनुसार बिहान ५ बजेर ५८ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको थियो । काशगर शहरबाट २१३ किमि पर रहेको स्थानमा भूकम्प गएको युस जियोलोजिकल सर्भेले बतायो ।
भूकम्पका कारण घाइते भएका अन्य धेरैलाई अस्पताल लगिएको छ ।
यो दुर्गम इलाकामा थोरै मानिस मात्र बस्छन् । ताजिकिस्तानको सीमामा रहेको छ यो क्षेत्र ।
चीनमा नियमित भूकम्प गइरहेका हुन्छन् । विशेषगरी पश्चिम र दक्षिणपश्चिम क्षेत्रको पहाडी इलाकामा भूकम्प गइरहन्छन् ।
सन् २००३ मा ६.८ म्यान्च्यिुडको भूकम्प जाँदा सिनजियाङमा २६८ जनाको मृत्यु भएको थियो र धेरै क्षति पुगेको थियो ।
एजेन्सी