२१ जेठ २०८३, बिहीबार

प्रचण्डको दशैं – आफूले लगाएनन्, अरुलाई लगाइदिए टीका

कात्तिक १०, २०७७
प्रचण्डको दशैं – आफूले लगाएनन्, अरुलाई लगाइदिए टीका
तस्वीर - रेणु दाहालको फेसबूकबाट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारले घरभित्रै दशैं मनाएको छ ।

प्रचण्ड र पत्नी सीता दाहालले टीका नलाएपनि छोरीहरुलाई टीका लगाइदिएर दशैं मनाएका हुन् ।

चितवनको भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी प्रचण्ड पुत्री रेणु दाहालले सार्वजनिक गरेको दशैंको फोटोमा प्रचण्ड र सीताले टीका लगाएका छैनन् ।

सोफामा बसेका प्रचण्डले सीतालाई समातेका छन् भने छोरीहरु रेणु र गंगा दाहाल आमासँगै बसेका छन् ।

माओवादी सशस्त्र संघर्षको समयमा दशैंमा टीका नलगाएपनि पछिल्ला वर्षमा प्रचण्डको परिवारले दशैंको टीका लगाउने गरेका छन् । रेणु र गंगाले उस्तै पोसाक लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्