२९ जेठ २०८३, शुक्रबार

गेलले लय समाउँदा पञ्जाब आईपीएलको प्लेअफ रेसमा अगाडि, कोलकत्ता पछि पर्‍यो

कात्तिक ११, २०७७
गेलले लय समाउँदा पञ्जाब आईपीएलको प्लेअफ रेसमा अगाडि, कोलकत्ता पछि पर्‍यो

यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताअन्तर्गत १२औं राउन्डको खेलमा किंग्स इलाभेन पञ्जाबले कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

सरजाह स्टेडियममा १ सय ५० रनको लक्ष्य पञ्जाबले ७ बल अगावै २ विकेट गुमाएर पूरा गर्‍यो । उसको जितमा मन्दीप सिंहले ६६ क्रिस गेलले ५१ र कप्तान केएल राहुलले २८ रनको योगदान गरे ।
२९ बलमा ५ छक्का र २ चौकाको मद्दतले अर्धशतकीय पारी खेलेका गेल म्यान अफ दि म्याच घोषित भए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकत्ताका शुभमान गिल र कप्तान इयान मोर्गानबाहेक कोही नचल्दा टीम मध्यम स्कोरमा समेटिएको थियो ।

यससँगै पञ्जाब अंक तालिकाको चौथो स्थानमा उक्लिँदा कोलकत्ता भने पाँचौंमा झरेको छ । दुवै टोलीले २ खेल खेल्न बाँकी छ ।

शीर्ष ४ टीम प्लेअफका लागि छानिने भएकाले पञ्जाबका लागि यो जीत निकै महत्त्वपूर्ण छ ।

salt training

कमेन्ट गर्नुहोस्