
काठमाडौं, २८ वैशाख — 'बाहुबली २' को सफलतापछि नायक प्रभासले हिन्दी फिल्म उद्योगबाट पनि धेरै अफर पाइरहेका छन् ।

तर उनी एउटा सुपरफ्लप बलिउड फिल्ममा खेलेका थिए भन्ने तपाईंलाई थाहा छ ?
'याक्सन ज्याक्सन' नामक फिल्ममा प्रभास 'सूर्य अस्त पञ्जाबी मस्त' भन्ने गीतमा छुस्स देखिएका थिए । फिल्ममा उनी सोनाक्षी सिन्हासँग नाचेको देख्न पाइन्छ ।
प्रभासलाई बलिउडमा राजकुमार हिरानी प्रिय निर्देशक लाग्छ । उनले मुन्नाभाइ एमबीबीएस र थ्री इडियट्स बीसचोटि हेरेका छन् रे ।
हलिउडमा उनी रोबर्ट डी निरोका फ्यान हुन् ।
उनलाई किताब पढ्न खुबै रुचि छ र उनको घरमा व्यक्तिगत लाइब्रेरी नै छ ।
प्रभासले इन्जिनियरिङमा डिग्री गरेका छन् ।
उनको वास्तविक नाम वेंकट सत्यनारायण प्रभास राजु उप्पलपति हो ।
बाहुबलीमा मसल बनाउनका लागि उनले लक्ष्मण रेड्डीसँग तालिम लिएका थिए । रेड्डी सन् २०१० का मिस्टर वर्ल्ड हुन् ।
एजेन्सी